लकडाउनको ३८ औं दिन, नेपालगन्जको सडकमा जे देखियो (तस्विरसहित)
प्रकासित मिति : २०७७ बैशाख १८, बिहीबार १५:५१
प्रकासित समय : १५:५१
काठमाडौं, कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको ३८ दिन पुगेको छ । चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालनमा रहेका छन् ।
लक डाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगेको भन्दै सरकारले वैशाख २५ गतेभित्र लकडाउन थप गरेको छ । यद्यपि अहिले धेरैले लकडाउनको उलंघन गर्दै सवारी सञ्चालन गरेको पाइएको छ ।
पछिल्लो समय बाँकेमा प्रशासनले लकडाउनको कडाई गर्न निर्देशन दिएकाे छ । १९ गतेदेखि कडा गर्ने बताएकाे छ । बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले फेरि रूटिङ परिबर्तन गरेकाे छ । बिहिबार एक सुचना जारी गर्दै बाँके प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न आह्वान गरेको छ ।