साढे २५ लाख धरौटी बुझाएर छुट्नेवित्तिकै फेरि पक्राउ परे अग्रवाल
प्रकासित मिति : २०७७ बैशाख १८, बिहीबार १७:१७
प्रकासित समय : १७:१७
काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका अग्रवाल फेरि पक्राउ परेका हुन्।
उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताए ।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्धामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनी पुन: पक्राउ परेका हुन् ।
यसअघि कालोबजारी आरोपमा अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।