रोल्पामा टुइञ्च मोटर बम विष्फोट, ४ बालबालिकाको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख १८, बिहीबार २०:१३
प्रकासित समय : २०:१३
रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम विष्फोट हुदा चार बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट हुदा ४ जनाकाे मृत्यु भएकाे हाे ।
साँझ ६ बजेतिर भएको उक्त घटनामा मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम छन् ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ । बम ‘टुइञ्च मोटर जस्तो भएकाे बताइएकाे छ ।