बाँकेमा लकडाउन कडाई, बिहान १० बजेदेखी सबै बन्द गर्न निर्देशन

नेपालगन्ज, बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई थप कडाई गर्ने भएको छ ।  प्रशासन कार्यालयले  शुक्रबारदेखी लकडाउनमा थप कडाई गर्ने बताएको हो ।

 बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले फेरि रूटिङ परिबर्तन गरेकाे छ । बिहिबार एक सुचना जारी गर्दै बाँके प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न आह्वान गरेको छ ।

जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न सुचना जारी गरेको हो । प्रशासनले जारी गरेको सूचना तथा लकडाउन उलङ्घन गर्नेलाई कानुन बमोजिक कारवाही गरीने बताईएको छ ।