भालुवाङको इन्द्रेणी युवा क्लब निरन्तर सडक सामाजिक अभियानमा

भालुवाङ,  दाङ-देउखुरीकाे इन्द्रेणी युवा क्लब भालुवाङलाई स्थानियस्तरबाटै नगद तथा खाद्यान्न सहयोग आउने क्रम जारी रहेको छ । कोरोना भाइरस रोकधामका लागि नेपाल सरकारले लकडाउन गरेपछि बाटोमा अलपत्र परेका यात्रुहरूलाई खाजा खुवाउन र गन्तव्यमा पठाउन क्लबले खेलेको भुमिकाप्रति खुसी भएर स्थानीय विभिन्न संघ संस्था, उद्योगी, व्यापारी तथा व्यक्तिहरूले क्लबलाई सहयोग गरिरहेका छन् ।

सरकारले गरेकाे लगडाउनका कारण पदैल हिडेर घर फर्किने पैदल यात्रुहरूलाई दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोक बजारकाे पूर्व-पश्चिम राजमार्गमै सडक सामाजिक अभियान सञ्चालन गरेकाे छ । पैदल अाउने व्यक्तिहरूलाई च्याउच्याउ, बिस्कुट, चिउरा र एक बाेतल पानी बितरण गर्दै आएकाे छ । बैशाख ४ गते देखि सञ्चालन गरेकाे अभियान निरन्तरण सञ्चालन भईरहेकाे क्लबका अध्यक्ष भिमबहादुर मरासिनीले जानकारी दिए ।

क्लबलाई हाल त्रिसिद्वेश्वरी राप्ती यातायात प्रालिका प्रशासन सचिव नारायण न्याैपानेले ३ हजार, केशव बोहराले ३ हजार, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले २ बोरा चामल र ५ पेटी बिस्कुट, बबरध्वज शाहीले ५ पेटी पानी र ३ पेटी चाउचाउ बिस्कुट, हरिमाया श्रेष्ठले ८ पेटी पानी उपलब्ध गराएका थिए । त्यस्तै  हरिविक्रम शाहले ११ पेटी पानी, न्यु पोख्रेल किराना पसलका सञ्चालक तुलसीराम पोख्रेलले २ पेटी विस्कुट, न्यु राप्ती हार्डवेयरका सञ्चालक रामप्रसाद शर्माले २ बोरी चिउरा र २ पेटी बिस्कुट हस्तान्तरण गरेका थिए । भने  आशाका किरणहरूले २ पेटी बिस्कुट, नरेन्द्र विक्रम जिसीले १ पेटी बिस्कुट र निमराज गुरूङले ५ पेटी पानी र २ पेटी चाउचाउ सहयोग गरेकाे अध्यक्ष मरासिनीले जानकारी दिए ।

त्यसैगरी राप्ती गेष्ट हाउसले नगद २ हजार ५ सय, चन्द्रबहादुर मल्लले १ हजार ५ सय, रामबहादुर गुरूङले १ हजार ५, खिमा थापाले १ हजार ५, रमेश पाैडेलले १ हजार, शंकर चाैधरीले १ हजार र तोरण प्रसाद शर्माले १ हजार नगद सहयोग गरेका छन् । भने लोकदोहोरी गायक बिक्रम रानाले थप ५० जोडी चप्पल सहयोग गरेकाे क्लबले जनाएकाे छ । यसैबीच क्लवले हाल सम्म अलपत्र परेका यात्रु र मजदुरहरूलाई प्युठान, रोल्पा र पश्चिमका जिल्ला सम्म गरी १ हजार बढी यात्रुहरूलाई दुई वटा बसकाे व्यवस्था गरेर गन्तव्यमा पठाइसकेको छ ।

Chat Conversation End
Type a message…