दाङकाे राप्ती गाउँपालिकाका थप २ जना प्रतिष्ठानमा र २ जना क्वारेन्टाइनमा भर्ना
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाका थप २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटका ५० वर्षिय पुरूष वैशाख १४ गते कपिलवस्तुको कृष्णनगर मुस्लिम मदरसाबाट पैदल हिडेर आएको अवस्थामा र वडा नम्बर ८ पिपरीका २५ वर्षिय आर्का पुरूष दुवईबाट आएको हुनाले ती दुवै पुरूषलाई सिसहनियाँ स्वास्थ्य चाैकीमा चेकजाँच पछि गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेर पिसिअार परिक्षणका लागि प्रतिष्ठानमा पठाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
यसै बिच महेन्द्रनगरबाट वैशाख १५ गते दाङको राप्ती गाउँपालिका वडा नम्बर २ मा आएका २ पुरूषलाई वडा नम्बर २ को ऐरावती अादर्श बहुमुखी क्याम्पस लालमटियामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।
कामका शिलशिलामा महेन्द्रनगर गएका १८ र २८ वर्षका पुरूषहरू रहेको र उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण पछि मात्र छोडिने बताइएको छ । अहिले राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा कुल १३ जना व्यक्तिहरू भर्ना भएका छन् ।