फर्किनुछ एकदिन प्रेमको नजिर पुगेर…
प्रकासित मिति : २०७७ बैशाख १७, बुधबार ०८:४८
प्रकासित समय : ०८:४८
तनावमा पुगेर जिवनभर पिरमा पुगेर
फर्किनुछ एकदिन प्रेमको नजिर पुगेर ।
तिमी बिना बाच्नै सक्दैन भन्ने प्रेमी
टाढा भयो प्रेमिकाको शरीरमा पुगेर ।
पहिले बाआमालाई विद्राश्रम पठायो
पछि धार्मिक बन्यो छोरो मन्दिरमा पुगेर ।
यी आखामा मुहान त्यसपछी भएको हो
जब ठोक्कियो नजर तिम्रो तस्वीरमा पुगेर ।
पल पलमा बा आमा सम्झिने छोरो
मात्रै श्रीमती सम्झिन्छ जागिरमा पुगेर ।
अछाम हाल सुर्खेत ।