हिमा गाउँपालिका उपाध्यक्ष रोकायमाथि हातपात गर्नेविरुद्ध जाहेरी

जुम्ला,  जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायमाथि हातपात गर्ने विरुद्ध मुद्धा दर्ता गरिएको छ । गाउँपालिकाका प्रसाशकीय अधिकृत टोपबहादुर बुढा र गाउँपालिकाकै वडा नम्बर ५ का स्थानीय अमराज शाहीले हातपातसंगै अभद्र ब्यवहार गरेको भन्दै जाहेरी दर्ता भएको हो ।  

वैशाख १२ गते उपाध्यक्ष हिमाली राेकायामाथि गाउँपालिकाको वैठकमा राहत वितरणका विषयमा विवाद उत्पन्न भएपछि हातपात भएको बताइएकाे छ । गाउँपालिकाका प्रसाशकीय अधिकृत टोपबहादुर बुढा र गाउँपालिकै वडा नम्बर ५ का स्थानीय अमराज शाहीले उपाध्यक्ष रोकायमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोप छ। उपाध्यक्ष रोकायले सार्वजनिक स्थानमा आफूमाथि हिँसा भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा वैशमख १५ गते जाहेरी दर्ता गरेकी छन्।

यस्ताे छ जाहेरी