बर्षौं भैसक्यो मैले पनि आगोको संगत गरेको….
प्रकासित मिति : २०७७ बैशाख १६, मंगलवार ०९:०१
प्रकासित समय : ०९:०१
खरानी बनेको छैन किन यस्तो हर्कत गरेको ?
बर्षौं भैसक्यो मैले पनि आगोको संगत गरेको ।
दुश्मन ठिक भएपछि मात्र आफू मर्ने धोको छ
म हेर्न सक्दिनँ सरकारले लास जफत गरेको ।
धेरै दिन भो आफू गल्लीमा हराउन थालेको पनि
धेरै भयो तिम्रा यादले पनि आवातजावत गरेको ।
कहिलेकाही यस्तो सोच्छु स्वयम म भगवान भैदिए
पत्ता लगाउन सक्थे होला मान्छेहरूले गलत गरेको ।
तिमीले बचाएर बेठिक भो भन्दै मुर्ख तालमा डुब्यो
कहाँ जायज हुँदोरहेछ र जोकोहीलाई मदत गरेको ।
यस्तो प्रेम गर्नेभए जाउ सिमानामा गएर देश बचाउ
ठिक लाग्दैन मलाई आफ्नै छातीमा कसरत गरेको ।
बझाङ ।