कयौं बर्षसम्म यसरी नै गति चल्दै रह्यो….
प्रकासित मिति : २०७७ बैशाख १६, मंगलवार ०८:५५
प्रकासित समय : ०८:५५
बिचरा गरिब मर्दै गए, चिता जल्दै रह्यो
कयौं बर्षसम्म यसरी नै गति चल्दै रह्यो ।
हामी कत्ति बुज्रुग छौ,ज्यूँदै बलि चढाउने
चिता सुँघ्न नपाई सालिक भनें ढल्दै रह्यो ।
अनेक तरंगहरुमा म तँ, प्रभाती चढाउँथें
त्यो नि बिग्रेको बिहानी बनेर, छल्दै रह्यो ।
देख्यौं!यो प्रौढा पृथ्वीभरी,मान्छेको पाप
खलबल प्राणहरुको दिलमा फल्दै रह्यो ।
करुणाको सत्धर्म यहाँ,कतै भए मरिजानू
मन्दिरमा खै किन? दियों भने बल्दै रह्यो ।
जयपृथ्वी नगरपालिका १ बझाङ