तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ…
प्रकासित मिति : २०७७ बैशाख १६, मंगलवार ०८:४६
प्रकासित समय : ०८:४६
१)
साँझमा प्यारको दीप जलाउने कुरा छ
तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ ।
नजाउ टाढा कतै बस दिलको वरिपरि नै
धेरैपछि आज खुसियाली मनाउने कुरा छ ।
२)
आस्था र बिश्वास तिनको खण्डित देखिन्छ
साधु र सन्त नै अक्सर दण्डित देखिन्छ ।
खै कसरी पो अव यो दुनियाँ ईमानले चल्ला
मूर्ख र लठैत पो अचेल खाँटि पण्डित देखिन्छ ।