स्पेनमा कोरोना संक्रमणले २३ हजार ५२१ मृत्यु २ लाख २९ हजार ४२२ संक्रमितको

काठमाडौं , अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २३ हजार५२१ बढी मानिसको मृत्यु भएको छ ।

 पछिल्ला २४ घण्टामा कोरोना भाइरसले ३३१ जनाको मृत्यु भएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल मृतकको संख्या २३ हजार पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ४२२ पुगेको छ ।

१ लाख २० हजार ८३२ जना उपचारपछि निको भएका छन् । ८५ हजार ६९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।