कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९

काठमाडौं,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार ६४९ नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार ४३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १३ हजार ६६५ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।