नेकपा नेपालगञ्ज नगर कमिटीद्धारा विपद् व्यवस्थापन कोष स्थापना

नेपालगञ्ज ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगञ्ज नगर कमिटीले विपद् व्यवस्थापन कोष स्थापना गरेको  छ । विपन्न परिवारलाई सहयोगका लागि  नेकपा नेपालगञ्ज नगर कमिटीको केही दिनअघि बसेको बैठकको निर्णय अनुसार राहत कोष स्थापना गरिएको हो ।

 कोरना भाईरस (कोभिड – १९) सँग जुझ्न लकडाउनका कारण चुलो निभेका दैनिक ज्यालादारी मजदुर, बिपन्न परिवार, विद्यार्थी, भाडामा बस्ने बिपन्न जनताको भोको पेटलाई केही राहत दिन कोष खडा गरिएको नेकपाले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखाको चल्ती खाता नं. ४१३०००६७१२०१ मा कम्युनिष्ट पार्टी ( नेकपा ) नेपालगन्ज उप– महानगर पालिका विपद ब्यवस्थापन कोषमा रकम जम्मा गरि संकटको घडीमा सहयोगको भावना प्रकट गरि दिन नगर कमिटीले बताएकाे छ ।   वडा कार्यालयसँग समन्वय र सहकार्य गरे विपन्न सहयोग गरिने नेकपाले जनाएको छ ।