घोराही १३ ले मठ मन्दिरमा रहेका परेवालाई चारो संकलन गर्दै
प्रकासित मिति : २०७७ बैशाख १५, सोमबार १६:५६
प्रकासित समय : १६:५६
भालुवाङ, दाङको एक वडाले मठ मन्दिरमा रहेका परेवाको लागि चारो संकलन गर्न थालेको छ । कोरोना भाइरस तथा लकडाउनकाे बेला नियमित स्थानीय मजदुर र बिपन्न नागरिकलाई राहत र उपचारमा सहयोग गर्दै आएको घोराही उपमहानगरपालिका वडा नम्बर १३ को समिती सहितको राजनीतिक संयन्त्रले घोराहीका विभिन्न मन्दिरमा रहेका परेवाहरुलाई चारो संकलन गर्न थालेको छ ।
वडा अध्यक्ष रबि घर्ती मगरको नेतृत्वमा गएको टोलीमा वडा सदस्य केसब गिरी, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सचिव तुल्सिराम पन्थि सामाजसेबी घनश्याम घिमिरे लगायतले उक्त कार्यको अग्रसरता लिएका छन् ।