दाङको लमहीमा टेक्टर पल्टिदा एकको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख १५, सोमबार १६:५१
प्रकासित समय : १६:५१
भालुवाङ, देउखुरीमा टेयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ काेलहीमा माटाे लिन गएकाे रा १ त ३४७० नम्बरकाे टेक्टर अनियन्त्रित भएर पल्टिदा एकजनाकाे मृत्यु भएकाे हाे ।
लमही नगरपालिका वडा नम्बर ५ काेलहीमा माटाे लिन गएकाे रा १ त ३४७० नम्बरकाे टेक्टर अनियन्त्रित भएर पल्टिदा लमही नगरपालिका ५ काेलही निवासी १९ वर्षिय बिनेस चाैधरीकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएकाे छ ।
दुर्घटना लगत्तै लमही अस्पतालमा उपचारकाे लागि लगिए पनि अस्पताले मृत घाेषणा गरेकाे छ । शब अस्पतालमा राखिएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएको छ ।