बोइलर कुखुराको मुल्य बढ्यो, प्रतिकेजी तीन सय रूपैयाँ
प्रकासित मिति : २०७७ बैशाख १५, सोमबार १२:१३
प्रकासित समय : १२:१३
भालुवाङ, देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य वैशाख १५ गते देखि लागु हुने गरी बढेको छ । देउखुरी कुखुरा पालक समुहले सोमबार फोन संवादबाट भएको सहमतिले कुखुराको मुल्य बढाएको हो ।
अव जिउदो कुखुराको मुल्य १९० रुपैयाँ कायम गरेको छ भने फ्रेसमासुको मुल्य ३०० रुपैयाँ कायम गरेको छ । यस अघि जिउदो कुखुराको मुल्य १६० थियो भने फ्रेसमासुको मुल्य २५० रुपैयाँ कायम गरेको थियो ।
कुखुरा कमी र माग अत्याधिक भएकोले मुल्य बढाउनु परेको समुहका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् । साथै अध्यक्ष अधिकारीले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान ,मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् ।