भालुवाङको जंगलमा भेटियो बम, नेपाली सेनाद्वारा डिस्पोज

भालुवाङ,  दाङको देउखुरीमा बम फेला परेको छ । आइतवार विहान करिव ११ बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक बनको हाताभित्र एच. इ बम फेला परेको छ ।

आइतबार बिहान सामुदायिक बनका उपभोक्ताहरुले डाँडामाथि जानका लागि गाेरेटाे बाटाे खन्ने क्रममा साे शङ्कास्पद बस्तु भेटाएपछी नजिकैको सम्बन्धित सुरक्षा निकायमा खवर गरेका थिए ।

सूचना प्राप्त भए लगत्तै जिल्लाको सदरमुकाम घोराहीबाट आएको नेपाली सेनाको टाेलीले उक्त शङ्कास्पद बस्तु बम नै भएको पुष्टि गर्दै अपरान्ह १ बजे साे बमलाई बिष्फाेट गराएको थियो ।

एच इ बम भएकोले बिष्फाेटन हुँदा निकै ठूलो अावाज आएको भालुवाङ पुल्चोकका स्थानीय बासिन्दाले बताएका छन् । उक्त बम द्वन्द्वकालमा फालिएको हुन सक्ने र निकै पुरानो रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारू मगरले जानकारी दिएका छन् ।