वर्तमान अतीत हुन समय लाग्दैन…
प्रकासित मिति : २०७७ बैशाख १५, सोमबार ०९:४७
प्रकासित समय : ०९:४७
घटना घटित हुन समय लाग्दैन ।
वर्तमान अतीत हुन समय लाग्दैन ।
आएर आँखामा जो बस्दछन् सजिलै
त्यति नै पतित हुन समय लाग्दैन ।
गर्दछ जस्ले केवल नाटक र अभिनय
त्यो यहाँ चर्चित हुन समय लाग्दैन ।
लेखिदै गरुन् जतिनै कंशका कथा
अन्तत: दण्डित हुन समय लाग्दैन ।
कसैको निम्ति गरिदिंदा स्नेहअर्पण
हृदय हर्षित हुन समय लाग्दैन ।
नेपालगन्ज – १ बाँके ।