मन र मुटुलाई माया प्रेमको धारमा राखेर…
प्रकासित मिति : २०७७ बैशाख १५, सोमबार ०९:३९
प्रकासित समय : ०९:३९
मन र मुटुलाई माया प्रेमको धारमा राखेर
आफ्नै मुटु धड्काउनु पर्छ वारपारमा राखेर ।
धन कमाउन हिंडेका बाु युगौं भो फर्किएनन
आमा हिड्छिन त्यही खबर अखबारमा राखेर ।
जिन्दगिको घनत्वो यसकारण सजिलै बुझेकी हुँ
किनकि हिंडेकी छु मुट पानीको आकारमा राखेर ।
सरकार एउटा प्रश्न सोध्नुछ बेरोजगार बस्तीबाट
कतिदिन चल्छ देश युवालाई दुबई कतारमा राखेर ।
बाँच्ने आशामा भोकै मर्नु परेको छ गरिबिलाई
दुइ मुठ्ठी चामल पठाुएुसरकार उपकारमा राखेर ।
दाङ तुल्सिपुर हालः सुर्खेत ।