एक घाउ छ जो ओखतीले ठीक हुन सक्दैन…

यो मन तिमीप्रति कदापि हार्दिक हुन सक्दैन
एक घाउ छ जो ओखतीले ठीक हुन सक्दैन ।

तिमीले कति सजिलै बिबाहको निम्तो पठायौ
म हिम्मत गरेपनि उत्सवमा सरिक हुन सक्दैन ।

एक म हुँ प्रेम गरेर पनि तिम्रो नजरमा नपरेको
अर्को मेरो आत्मा हो जो भौतिक हुन सक्दैन ।

उमेर पुग्नेबित्तिकै राहदानी बनाउनुपर्ने नजिरले
सुखदुःखमा आफ्नै सन्तान नजिक हुन सक्दैन ।

सुर्खेत