लकडाउन अवधिमा कर्मचारीलाई सार्वजनिक विदा
प्रकासित मिति : २०७७ बैशाख १५, सोमबार २१:३९
प्रकासित समय : २१:३९
काठमाडौं, लकडाउन अवधिमा कर्मचारीलाई दिएको विदालाई सरकारले सार्वजनिक विदा कायम गरेकाे छ । काेराेना भाइरस (काेभिड-१९) संक्रमणप्रति सतर्कता अपनाउन मुलुक चैत ११ देखि लकडाउन शुरू भएको हाेे ।
लकडाउन विभिन्न चरण थप गर्दै वैशाख २५ गतेसम्म पुर्याइएकाेे छ । लकडाउन अवधिमा अत्यावश्यक सेवा बाहेक सबै कार्यालय बन्द छ । सरकारले विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई लकडाउन अवधिमा दिइएको विदालाई सार्वजनिक विदा कायम गरेको हाे ।
गृह मन्त्रालयले लकडाउनमा दिइएको विदालाई सार्वजनिक विदा कायम गरिएको उल्लेख गर्दै सरकारी कार्यालयमा कार्यरत कर्मचारी र मजदुरकाे तलब र सुुुुविधा कटाैैती नहुने जनाएको छ ।

