भारतमा कोरोना संक्रमितको संख्या २८ हजार ३८० पुग्यो

नयाँदिल्ली, भारतमा नोभेल कोरोना भाइरसबाट २८ हजार ३८० जना संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ ।

हालसम्म भारतमा ६ हजार १८४ जना अर्थात २२ प्रतिशतको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । पछिल्लो १४ दिनदेखि भारतका विभिन्‍न ८५ जिल्लामा नयाँ संक्रमित फेला नपरेको बताइएको छ भने १६ वटा जिल्लामा २८ दिनदेखि नयाँ कोरोना संक्रमित नदेखिएको स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले बताएका छन् ।

उनले भने, “यो लडाइँ चिकित्सक, बिरामी र सरकारमात्र नभएर सबै नागरिको लडाइँ हो ।” -बीबीसी