पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा
प्रकासित मिति : २०७७ बैशाख १५, सोमबार १५:४८
प्रकासित समय : १५:४८
काठमाडौं, पूर्वसचिव भीम उपाध्यायको थुनछेक बहस सम्पन्न भइ २५ हजार धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सुनुवाइ गर्दै उपाध्यायलाई धरौटीमा छोड्न आदेश दिएको हो।
बुधबार राति नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेको थियो। सरकारले उनीविरूद्ध साइबर अपराधको मुद्दा चलाएको छ। उपाध्यायले सरकारका गलत क्रियाकलापको सामाजिक सञ्जालमार्फत् विरोध गर्दै आएका थिए।