खुमलटारमा रणनिति बनाउदै प्रचण्ड र झलनाथ

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटबार्ता भएको छ। सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको नेकपा स्रोतले बतायो।

भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्न ढिला गर्न नहुने समेत बताएका थिए। यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो।

ओली र नेपालको छलफलपछि अहिले नेपाल निवास कोटेश्वरमा ओली र नेपाल पक्षीय नेताहरू छलफल गरिरहेका छन्। सत्तारूढ नेकपाको विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा निर्णायक छलफल सुरू भएको छ। 

काेटेश्वरमा माधब नेपाल पक्ष र ओलीपक्षबीच छलफल भइरहेकाे बेला खुमलटारमा प्रचन्ड र खनालबीच भएकाे भेटबार्तालाइ थप रणनिति निमार्णका रूपमा हेरिएकाे छ ।