कोहलपुरमा रहेका ६७ जना भारतीयको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ
प्रकासित मिति : २०७७ बैशाख १५, सोमबार १२:००
प्रकासित समय : १२:००
नेपालगञ्ज, चितवनबाट १२ दिन लगाएर बाँके आइपुगेका ६७ जना भारतीयको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ। भारत नानपाराका उनीहरु लकडाउनको बीचमा हिडेर बाँके आइपुगेका थिए। उनीहरुलाई स्थानीय प्रशासनले हवल्दारपुरस्थित राम माविमा क्वारेन्टाइन बनाएर राखेको छ। उनीहरुको आइतबार आरडीटी जाँच गरिएको थिया ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले ती भारतीयसहित आइतबार जाँच गरिएका ६९ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएका जानकारी दिए।
श्रेष्ठका अनुसार अहिलेसम्म जिल्लामा ५ सय ३९ जनाको आरडीटी जाँच गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाबाट एक सय २० जनाको पीसीआर जाँच गरिएको छ। त्यसमध्येमा चार जनाको रिपोर्ट आउन बाँकी छ। अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।