जस्ले मित्रतामा घात गर्यो ,सम्बन्धमा दुरी राख्छ….

याे मन कुनै दाेबाटाेमा बसी उसैलाइ कुरी राख्छ ।
जस्ले मित्रतामा घात गर्याे ,सम्बन्धमा दुरी राख्छ  ।

मेरै पसिनाले ,मेरै सिपले बनेकाे हाे याे महल 
अहाे आज मेरै लागी प्रवेशद्वारमा खुकुरी राख्छ  ।

मान्छे बन्ने बेलामा रामप्यारी ,रामप्यारी गर्दै हिड्याे 
अहिले मान्छे बन्ने अभ्यासमा दिनहुँ दुगुरी राख्छ ।

की मर्ने रहर लागेकाे हुनुपर्छ ,की पागल हुनुपर्छ 
नत्र कस्ले जानिजानि आफ्नाे गधर्नमा छुरी राख्छ । 

सातला दैलेख ।