प्रीय सखी

म त बस बगरको
बेनाम ढुङ्गा थिएँ
तिम्रा चोटहरुले
म सुन्दर मूर्ति बने ।

म त बस पानीको
एक थोपा थिएँ
तिम्रा रङ्गहरुले
म रङ्गिन इन्द्रेनी बने

म त केवल
गितारको फगत तार थिएँ
तिम्रा चोटहरुले
म सुमधुर धुन बने

म त एक
अँध्यारो ग्रह थिएँ
तिम्रा रापहरुले
म सितल जून बनें

म त एक
कालो कोइला थिएँ
तिम्रा चापहरुले
म चम्किलो हिरा बनें

प्रीय सखी
मलाई मन्जुर छन
तिम्रा हरेक चोटहरु।

काठमाडौं ।