१६ जनाले जिते कोरोना : ३५ जनाको उपचार हुँदै
काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ५१ जनामा संक्रमण देखिएकोमा १६ जनाले कोरोना जितेका हुन्।
पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्। पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको छ।
संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १ जना, विरगञ्जको नारायणी अस्पतालमा ३ जना, भरतपुरको कोरोना विशेष अस्पतालमा १ जना र विराटनगरको कोशी अस्पतालमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको छ । प्रवक्ता डाक्टर देवकोटाका अनुसार विभिन्न अस्पतालमा उपचारत ३५ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ९ हजार ९ सय ३१ वटा नमूना परीक्षण गरिएको छ । यस्तै र्यापिड डाग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४१ हजार ४ सय ३६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ९६ वटा नमूना परीक्षण भएको छ ।
प्रवक्ता डा देवकोटाका अनुसार काठमाडौं उपत्यका सहित देशभरका अस्पतालमा १ सय १० जना जना आइसोलेसनमा रहेका छन् । शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज भएको थियो। उनले आठ दिनमै कोरोनालाई जितेका थिए। अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको थियो।
मन्त्रालयका अनुसार अहिले अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ। अन्य संक्रमितमध्ये तीन जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ। प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ।