लकडाउनमा पनि उपत्यकामा सवारी दुर्घटना रोकिएन
प्रकासित मिति : २०७७ बैशाख १४, आईतवार ०९:११
प्रकासित समय : ०९:११
काठमाडौं , लकडाउनमा समेत काठमाडौं उपत्यकामा १३४ वटा सवारी दुर्घटना भएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन हुन नदिइएको यो अवधिमा पनि उपत्यकामा १३४ सवारी दुर्घटना भएका छन् ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार यी दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् । त्यसमध्ये सात जना गम्भीर घाइते भएका थिए ।
लकडाउनको अवधिमा पूर्ववत अवस्थामा भन्दा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार सवारी आवागमनलाई सुरक्षित राख्न महाशाखाले एक हजार एक सय हाराहारीमा ट्राफिक प्रहरीलाई खटाएको छ ।