बुबाको हत्याको आरोपमा छोरा पक्राउ
प्रकासित मिति : २०७७ बैशाख १४, आईतवार १२:१७
प्रकासित समय : १२:१७
सल्यान, सल्यानमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय बुवा बुदे विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका–२ कुइयाझोल बस्ने २१ वर्षीय सुरज विक पक्राउ परेका छन् ।
सामान्य विवादको कारण सुरजले आफ्नै बुबालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।