प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी निरज शाही

काठमाडौं,नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरज शाहीले पाएका छन् । यसअघि प्रहरी प्रवक्ता रहेका डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि सह–प्रवक्ता वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट हालै मात्र डीआईजीमा बढुवा भएका शाहीलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरेको थियो ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको निर्णयानुसार डीआईजी ज्ञवालीलाई केन्द्रीय प्रवक्ता तोकिएको हो । प्रहरी प्रवक्ता शाहीलाई मोबाइल नम्बर ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ।