कोरोना झेल्दै पाकिस्तानले गर्‍यो ‘एन्टी शिप मिसाइल परीक्षण, तनावमा भारत

एजेन्सी ।कोरोनाभाइरससँगको लडाइँबीच पाकिस्तानले एन्टी शिप मिसाइलको सफल परीक्षण गरेको छ ।  पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको हाे ।

पाकिस्तानी सेनाले जारी गरेर उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’ को परीक्षण सफलतापूर्वक गरिएको बताएको छ । पाकिस्तानी नौसेनाका प्रवक्ताले युद्धपोत र लडाकू जहाजहरूले समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’हरूको सही निशाना हानेको बताए ।

पाकिस्तानी नौसेनाका प्रमुख जफर महमूद अब्बासीले क्षेप्यास्त्रहरूको परीक्षणको अवलोकन गरेको बताइएको छ । उनले नौसेनाको परिचालन तयारीप्रति सन्तुष्टि व्यक्त गरेका थिए । नौसेना कुनै पनि आक्रमणलाई राम्रो प्रतिक्रिया दिन पूर्णरूपले सक्षम भएको बताउँदै मिसाइलको सफल परीक्षण–प्रदर्शन पाकिस्तानी नौसेनाको प्रतिरक्षा तयारीको प्रमाण भएको बताए ।

पाकिस्तानले गत वर्षको डिसेम्बरमा पनि युद्धपोत र लडाकू जहाजहरूद्वारा समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’को परीक्षण गरेको थियो । पाकिस्तानको यो कदमले भारतलाई तनाव भएको अन्तर्राष्ट्रिय समचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।