कोरोनाले अमेरिकामा ५४ हजार २४८ मृत्यु
प्रकासित मिति : २०७७ बैशाख १४, आईतवार ०७:३०
प्रकासित समय : ०७:३०
काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार २४८ नाघेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ५२५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म थप २ हजार ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २४८ पुगेको हो ।
अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार ११५ जनामध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर रहेको छ ।