आज पनि हवाहुरीसहित वर्षा हुने
प्रकासित मिति : २०७७ बैशाख १४, आईतवार ०८:५१
प्रकासित समय : ०८:५१
काठमाडौं ,जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित असिनापानी पर्ने पूर्वानुमान गरेको छ ।
देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा रातिसम्म मेघगर्जनसहित हुरीवतास र असिनासहितको वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
उक्त वायुकै प्रभावले अहिले मुलुकका केही ठाउँमा बदलाव भइरहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले केही दिनयता दिनैपिच्छे भइरहेको वर्षाको यो क्रम आउँदो मंगलबारसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

