नेकपा नेपालगन्ज उपमहानगरले बिपद् ब्यबस्थापन कोष स्थापना गर्ने
नेपालगन्ज, बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगन्ज उप महानगरपालिका समितिले बिपद ब्यबस्थापन कोष स्थापना गर्ने भएको छ । शनिबार सामाजिक दुरी कायम गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेलको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले बिपत ब्यबस्थापन कोष स्थापना गर्ने निर्णय गरेकाे हाे । 
बैठकले अनुगमन समिति गठन गर्ने, राहत बितरणलाई ब्यबस्थित गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको बताइएकाे छ ।
राहत बितरण एकद्वार प्रणाली अन्तर्गत गर्ने, कोरोना भाइरस फैलन नदिन जनचेतना जगाउने, लकडाउन कडाइका साथ प्रभावकारी बनाउन प्रशासनलाई मद्दत पुर्याउने निर्णयहरु गरेको एक सदस्यले जानकारी दिए ।
त्यस्तै, मुस्लिम धर्मावलम्बीको आजबाट सुरु भएको रमजान (रोजा) को शुभकामना प्रदान गर्दै सामाजिक दूरीलाई कायम राख्दै घरमा नै नमाज पढन अनुरोध समेत गरिएको गरिएकाे छ ।
पार्टीको उपमहानगरपालिका अध्यक्ष डिल्ली बरालको अध्यक्षतामा बसेको बैठकमा ईन्चार्ज अकल बहादुर बम, कमिटीका उपलब्ध सदस्यहरु तथा उपमहानगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको बताइएकाे छ ।

