नेकपा युवा नेता आचार्यले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्यले आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। केन्द्रीय सदस्य आचार्यले नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त दिदै  ओलीले पनि राजीनामा दिनुपर्ने आशय प्रकट गरेका हुन्।

आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्टप्रधान मन्त्री र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले शिक्षामन्त्री को पदवाट नैतिकताका आधारमा राजीनामा दिए।

६४ को संविधान सभामा आफ्नोदल पराजीत भएर तेस्रो स्थानमा पुगेपछि नैतिकता का आधारमा नेकपा एमालेका महासचिव माधवकुमार नेपाले पदवाट राजिनामा दिइएको र वर्तमान सरकारको मन्त्री परिषदका सदस्यहरु शेरबहादुर तामाङ र गोकुल वास्कोटाले फरक फरक समय र फरक विषयमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीननमा गरेका उदारणहरु छन्।’

उनले राजनीतिमा नैतिकताको मूल्यको अर्थ रहनु पर्ने उल्लेख गर्दै अगाडि भनेका छन्, ‘राजनीतिमा नैतिकता भन्ने चिजको ठुलो महत्व छ । निष्ठा, ईमान्दारीता र नैतिकता विनाको पद प्राणहिन शरीर जस्तो हुदो हो।’