मनकारी भण्डारी बावु छोराले निलसागरलाई खाद्य सामाग्री दिए
प्रकासित मिति : २०७७ बैशाख १३, शनिबार १०:४९
प्रकासित समय : १०:४९
भालुवाङ, दाङ देउखुरीका भण्डारी बाबु छोराले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई खाद्य सामाग्री सहयोग गरेका छन् ।
सामाजिक ब्याक्तित्व किरण भण्डारी र बुवा केदार केल्प भण्डारीले दाङ्ग जिल्लालाई निलसागर सेवाश्रम दाङका लागि चामल १०० केजी,दाल २० केजी,आलु २५ केजी र नुन ५केजी प्रदान गरेका हुन् ।
विश्व व्यापीरूपमा महामारीको फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै निलसागर सेवाश्रम दाङका अभिभावक विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल सामाजिक ब्याक्तित्वका रूपमा स्थापित किरण भण्डारी र केदार केल्प भण्डारीले निरन्तर रूपमा सहयाेग गर्दे अाइरहेका छन ।