एक आपसमा तिम्रो र मेरो समझदारी हुनुपर्ने हो…

 

एक आपसमा तिम्रो र मेरो समझदारी हुनुपर्ने हो
तिमीलाई मेरो र मलाई तिम्रो जिम्मेवारी हुनुपर्ने हो ।

आखिर हाम्रा खुसी किन्न पैसाले सकिन्न बुझ प्रिया
किन जिद्दी गर्छ्यौ हँ? जागिर सरकारी हुनुपर्ने हो ।

यो विद्या, यी सर्टीफिकेट के गर्नु, यो उपाधी के गर्नु?
झोलामा सर्टीफिकेट राखेर आफू बेगारी हुनुपर्ने हो । 

यो समाजको नजर कत्ती पनि गतिलो लाग्दैन मलाई
तिम्रो शरीर छोप्न चोलो हुनुपर्ने हो, सारी हुनुपर्ने हो ।

पीडा दियो, दियो चोट, मान्छे चिनायो,बुझायो जिन्दगी
हुनलाई मैले पनि मेरो विगत प्रती आभारी हुनुपर्ने हो ।

बर्दिया ।