डाँडो काटी खोला पारी बाइजादी भै सुवा…

मुलाई छाडी माया मारी बाइजादी भै सुवा
डाँडो काटी खोला पारी बाइजादी भै सुवा ।

को आओली र को बसली भनिकन होला
पिरतिको घर थाइ खारी बाइजादी भै सुवा ।

को धेक्न्या हो को बुझ्न्या हो अब मेरा दुख
बनाइ गइ दुखका भारी बाइजादी भै सुवा ।

नौला मान्छे नौलो साइनो नौलो तेरो पिर्ती
नौलाइ घर बसाइ सारी बाइजादी भै सुवा ।

अछाम