आऊ अब हातेमालो गरौँ दुश्मनी बिर्सेर…

विगतमा काटाकाट नै भएपनि बिर्सेर ,
आऊ अब हातेमालो गरौँ दुश्मनी बिर्सेर !

सायद अब बीच बाटैबाट फर्किनु पर्छ ,
छोरो हिँडेको छ घरको आँगनी बिर्सेर ।

तिमी भने मलाई देखेर खै कता लुक्छ्यौ ,
म तिमीलाई देख्न आउँछु चाँदनी बिर्सेर ।

तिमी शिरको टोपी बिर्सेर नबस्नू बाबू ,
भाँडो रित्तियो जब बस्यो ढकनी बिर्सेर ।

ठेगाना :आठराई , तेह्रथुम ।