नाङ्गालाई तताउने घाम बन्न पाए हुन्थ्यो…
प्रकासित मिति : २०७७ बैशाख १३, शनिबार ०८:४८
प्रकासित समय : ०८:४८
१)
कला केहो थाहा छैन सौन्दर्यको कसी के हो ?
लेखिएको भाग्य अरे भाग्य लेख्ने मसी के हो ?
प्रेम गर्छु तिमीलाई भन्दै हिँड्छन् कति जना
आजसम्म थाहा छैन यो प्रेमको दसी के हो ?
२)
उच्चविचार राखेँ भन्यो विचारमा दुलो बने
कविता र गीत भन्दा साधना नै ठुलो बने
ठुलै नदी बन्न्छु भन्दै हाम्फालेर दौडिएकी
अलिकति दया गर्दा टारीखेतको कुलो बने।
३)
चिठी बन्न नसके नि खाम बन्न पाए हुन्थ्यो
भोका मानिसको निम्ति माम बन्न पाए हुन्थ्यो
बुढाखाडा माघलाई भन्ने उखान नै फेरि
नाङ्गालाई तताउने घाम बन्न पाए हुन्थ्यो।
काठमाडौं ।