राँझा चोकमा मोटरसाइकल दुर्घटना प्रहरी जवानको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख १३, शनिबार १५:३३
प्रकासित समय : १५:३३
नेपालगञ्ज, कोहलपुर नेपालगञ्ज सडक खण्डको राँझा चोकमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवान मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार मृत्यु हुनेमा हुम्ला घर भई इलाका प्रहरी कार्यालय नरैनापुरमा दरबन्दी भएका प्रहरी जवान सुवास कार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीर बहादुर ओलीका अनुसार नेपाल भारत सीमा नाका क्षेत्रको क्वारेन्टिनमा डियूटी सकेर घर फर्किने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए ।
उनी सवार भे ३ प ३९ नम्बरको मोटसाइकल राँझा चोकमा सडकको बिचको रहेको डिभाईडरमा ठोक्किएको थियो । शनिबार बिहान २ बजे सवारी दुर्घटनामा परेको बाँके प्रहरीले बताएको छ । तिव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।