बिभिन्न छ विद्यार्थी संगठनको माग, सांसद ‘अपहरण’गर्नेलाई कारबाही होस

काठमाडाैँ, बिभिन्न छ वटा विद्यार्थी संगठनले सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न सरकारसँग माग गरेका छन्। नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले सांसद अपहरण गर्नेलाई छानविन गर्न माग गरेका हुन्।

उनीहरूले शनिबार निकालेको विज्ञप्तिमा ‘सांसदलाई जवरजस्ती मानसिक दवाव दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारवाहीको दायरामा ल्याइ हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछौं’ उलेलेख छ।

हालै समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो। ‘राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनीतिक क्षेत्रप्रति नै वितृष्णा गराउने गरि घटाइएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे हामी आफैँ कारवाही गर्न बाध्य हुनेछौँ,’ विद्यार्थी संगठनले भनेको छ।