पार्टी समिकरणमा कमजोर ओली- यस्तो छ स्थायी समितिको अवस्था

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अध्यादेश प्रकरणले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली निकै अप्ठ्यारोमा पर्ने संकेत देखिएको छ ।

सरकारको नेतृत्व गरेका ओलीले पछिल्लो समय सरकारका निर्णयहरु स्वच्छाचारी ढंगबाट गरेको ठहर गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपालले उनीविरुद्द मोर्चामात्रै कसेका छैनन् अध्यादेश फिर्ता समेत लिन लगाएका छन् ।

सचिवलायमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा बादल लगायतका नेताहरुको ओली विरुद्मा थिए नै पछिल्लो समय ओली निकट मानिएका विष्णु पौडेल पनि थपिएपछि ओलीलाई ९ सदस्यिय सचिवालयमा इश्वर पोखरेलको बाहेक साथ छैन ।

अर्कोतिर स्थायी समितिका ४४ सदस्यमध्य २० सदस्यले स्थायी समितिको बैठक माग गरेका छन् र सरकारको कामकारवाही तथा नेतृत्वको बारेमा समिक्षा गर्नुपर्ने बताईरहेका छन् । अध्यादेश फिर्ता भएपछि पनि उनीहरुले ओलीको नैतिकताको कुरा उठाउँदै यत्तिमै नरोकिने संकेत गरेका छन् ।

सचिवालयमा आफु सहित अर्का एकको मात्रै साथ पाएका ओलीलाई स्थायी समिति झन फलामको च्युरा हुने देखिएको छ । स्थायी समितिमा ओलीसँग १० जनामात्रै साथ छन्, बाँकी ३४ जना प्रचण्ड/नेपालतिर देखिन्छन् ।

स्थायी समितिमा को कता ?

प्रचण्ड–नेपाल गठबन्धनमा रहेका नेताः

१. पुष्पकमल दाहाल प्रचण्ड (अध्यक्ष)
२. माधवकुमार नेपाल
३. झलनाथ खनाल
४. वामदेव गौतम
५. नारायणकाजी श्रेष्ठ (प्रवक्ता)
६. विष्णु पौडेल (महासचिव)
७. रामबहादुर थापा (नखुलेको)
८. भीम रावल
९. अष्टलक्ष्मी शाक्य
१०. युवराज ज्ञवाली
११. घनश्याम भुसाल
१२. भीम आचार्य
१३. गोकर्ण विष्ट
१४. योगेश भट्टराई
१५. रघुवीर महासेठ
१६. सुरेन्द्र पाण्डे
१७. रघुजी पन्त
१८. बेदुराम भुसाल
१९. देव गुरुङ
२० टोपबहादुर रायमाझी
२१. गिरिराजमणि पोखरेल
२२. हरिबोल गजुरेल
२३. वर्षमान पुन
२४. शक्ति बस्नेत
२५. जनार्दन शर्मा
२६. पम्फा भुसाल
२७. मात्रिका यादव
२८. गणेश साह
२९. लेखराज भट्ट
३०. देवेन्द्र पौडेल
३१. चक्रपाणि खनाल
३२. लीलामणि पोखरेल
३३. मणि थापा
३४. मुकुन्द न्यौपाने

ओलीको पक्षमा रहेका नेताः

१. केपी शर्मा ओली (अध्यक्ष)
२. ईश्वर पोखरेल
३. सुवास नेम्वाङ
४. शंकर पोखरेल
५. प्रदीप ज्ञवाली
६. पृथ्वीसुब्बा गुरुङ
७. किरण गुरुङ
८. सत्यनारायण मण्डल
९. छविलाल विश्वकर्मा
१०. विष्णु रिमाल