कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या २५ हजार ९ सय पुग्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४२० जनाको मृत्यु भएको छ । शुक्रबार थप ४२० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २५ हजार ९६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार २१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९२ हजार ९९४ पुगेको छ । इटालीमा संक्रमितमध्ये ६० हजार ४९८ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ६ हजार ५२७ जनामध्ये २ हजार १७३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।