कोरोनाबाट अमेरिकामा ५२ हजारभन्दा बढीको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख १३, शनिबार ०८:१२
प्रकासित समय : ०८:१२
काठमाडौं ,करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५२ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म थप १ हजार ८५१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण अमेरिकामा मृत्यु हुनेको संख्या ५२ हजार ८५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख २३ हजार ४७४ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ९३ हजार ३७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ७८ हजार ३० जनामध्ये १४ हजार ९५४ जनाको अवस्था गम्भीर रहेको छ ।