इस्लाम धर्मावालम्बीहरुको पर्व रमजान सुरु : रोजा बस्दा स्वास्थ्यलाई ध्यान दिऔं

काठमाडौं, विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणसँगै इस्लाम धर्मावालम्बीहरु अहिले रमजान मनाउँदैछन्। रमजानमा मुस्लिम समुदाय १ महिनासम्म उपवास बस्ने गर्छन्।

पवित्र महिनाका रुपमा लिइने यस रमजानमा मुस्लिम समुदायका मानिसहरुले एक चन्द्रमासदेखि सूर्योदयसम्म केही पनि नखाइकन रोजा बस्ने गर्छन्। रोजा राखेको समयमा उनीहरु नमाज पढ्छन्, आफ्नो र विश्व शान्तिकोकालगि प्रार्थना गर्छन्।

कुनै पनि शारीरिक वा स्वास्थ्य समस्या भएक बाहेक इस्लाम धर्म मान्नेहरु हरेक व्यस्क व्यक्तिलाई रोजा राख्न अनिवार्य हुन्छ। तर हाल कोरोना भाइरसको महामारीसँगै रोजाका विषयमा पनि धेरै चर्चा र चिन्ता व्यक्त भइरहेको छ।

केही अध्ययन हरुले बिना केही खाएर बस्दा मानिसमा हुने रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने निष्कर्ष निकालेको छ। यस्तो अवस्थामा संक्रमणबाट बच्न चाहिने उर्जामा कमी आउन सक्छ।

त्यसैले रमजानमा खान हुने समयमा शरीरलाई आवश्यक पर्ने क्यालोरी युक्त खानेकुराहरु खानुपर्ने चिकित्सकहरु बताउँछन्। फलफूल, दाल, तरकारीको सेवन गर्नु राम्रो हुन्छ। रोजाको समयमा धेरै समय बिना खानपिन बस्ने हुँदा उपयुक्त समयमा प्रोटिन युक्त खानेकुरा खान चिकित्सकहरुले सल्लाह दिएका छन्।

युनिभर्सिटी अफ ससेक्सका इम्युनोलोजिस्ट डा जेना मैकिओची यो समयमा धेरै पानी पिउन सुझाउँछिन्। ‘ कोरोना भाइरससँग लड्न तपाईलाई आफ्नो इम्युन सिस्टम बलियो बनाउनुपर्छ’ उनी भन्छिन्।

बिरामी र कोभिड १९बाट संक्रमितहरुलाई रोजा राख्न अनिवार्य छैन। यस्तै कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई समेत रोजा पालना गर्न अनिवार्य छैन।

रोजाका क्रममा मानिसहरु बिना खानपिन बस्ने हुँदा आफ्नो धर्म पालना गर्दै स्वास्थ्यको ध्यान दिन पनि चिकित्सकहरुले आग्रह गरेका छन्।