अछाममा बिप्लव नेकपाद्धारा राजबन्दी र शहिद परिबारलाई राहत बितरण
प्रकासित मिति : २०७७ बैशाख १२, शुक्रबार १८:५७
प्रकासित समय : १८:५७
अछाम, विश्व कोरोनाको प्रभावले आक्रान्त भईरहेको वेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले राहत वाड्ने बितरण गरेको छ।

सरकारद्वारा विनाकारण गिरफ्तार गरिएका १० जना राजवन्दि र अछाम जिल्ला भरका १२६ जना सहिद तथा वेपत्ता परिवारलाई राहत वाड्ने कार्यक्रम रहेको जनाएको हाे ।
राहत वितरण कार्यक्रम को पहिलो दिन आज १३ जनालाई राहत वाडिएको अछाम जिल्ला जनसरकार प्रमुख सौगातले बताए ।
सरकारको राहत वितरण कार्य प्रचारमुखि र कार्यकर्ता पोस्ने मात्र भएको उनको आरोप छ । वन्दावन्दि अर्थात लकडाउनको वेला मूल्य वृद्धि गर्ने जो कोहि लाई पनि कडा कार्वाहिको माग गरेका छन ।राहत वितरण कार्यक्रम अझै केहिदिन रहने उनले बताए ।

