मुगुको खत्याड गाउँपालिकाले अलपत्र नागरीकको ब्यवस्थापन गर्ने

मुगु, मुगुकाे खत्याड गाउपालिकाले जिल्ला बाहिर अल्पत्र परेका खत्याडबासिहरुको उद्धार गर्ने भएको छ । राहत, उद्धार लगायत खान बस्नकाे लागि उचित ब्यबस्थापन गर्न गाउँपालिका तयार भएको हो ।

गाउँपालिका सबै हिसाबले आफना नागरीकलाई ब्यवस्थान गर्न लागेकाे अध्यक्ष उब्जन बहादुर शाहिले जानकारी दिएका छन ।

शाहीका अनुसार नेपालगन्ज , सुर्खेत र काठमाडौंमा ३ र ३ जनाको ब्यबस्थापकिय टिम खटाइएको र अप्ठयारो परेका खत्याडबासी जोसुकैले गाउँपािलकसंग सम्पर्क गर्न सकिने समेत  बताएका छन ।

साथै अध्यक्ष शाहिले कोरोना भाइरसको संक्रमणबाट बचाउन आफ्नो पालिका पुर्ण रुपले लकडाउन गरेकोले खत्याड प्रवेश गर्ने सम्पुर्ण नाकाहरुबाट आवतजावत पुर्ण बन्द गरिएको र भारत वा अन्य बाहिरि मुलुकबाट आउनेहरुकालागी क्वारेन्टाइन तयारी अबस्थामा राखिएको समेत जानकारी दिएका छन । उनले बाहिरबाट पाल्ने सबैलाइ अनिबार्य क्यारेन्टाइनमा बस्नुपर्ने समेत बताए । 

साथै नेपालगन्ज,सुर्खेतमा रहेका नागरीकहरुले तल दिइएको सुचनामा रहेका ब्यक्तिहरुसंग सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।